• Home
  • समाचार
  • आज जनैपूर्णिमा,रक्षाबन्धन तथा गाईजात्रा पर्व मनाइँदै
Image

आज जनैपूर्णिमा,रक्षाबन्धन तथा गाईजात्रा पर्व मनाइँदै

काठमाडौं, १४ भदौ । आज रक्षावन्धन तथा जनै पूर्णिमा पर्व देशभर मनाइँदैछ । आज जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्ने परम्परा रहेको छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै पुरोहितले दाहिने नाडीमा बाँधिदिने परम्परा रहेको छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

त्यसैगरि नेवार समुदाएको परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।आजै रक्षाबन्धन र जनैपूर्णिमा पर्व पनि मनाइँदै छ । तिथी घटबढका कारण रक्षा बन्धन, जनैपूणिर्मा र गाईजात्रा पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वामानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका खुवाउने चलन छ ।

यसो गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।राजनीतिक, सामाजिक आर्थिक तथा सांस्कृतिक क्षेत्रको विकृति एवं विसंगतिको विरूद्धमा वर्षको एक पटक गाईजात्राको माध्यमबाट हास्यव्यङ्ग्ग्य, कार्टुन, झाँकी, नृत्य प्रदर्शन गरिन्छ ।नेपालीहरूले सदियौदेखि एक अर्काका आस्था र विश्वासको सम्मान गर्दै भाइचारा सम्बन्ध राख्दै आएका छन् ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ४ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni ७ दिन अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni ७ दिन अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *