• Home
  • अर्थ
  • वर्षासँगै बढ्यो हरियो तरकारीको मूल्य, डल्ले च्याउ ३३० रुपैयाँ
Image

वर्षासँगै बढ्यो हरियो तरकारीको मूल्य, डल्ले च्याउ ३३० रुपैयाँ

काठमाडौं २८ साउन । पछिल्लो दिनमा लगातार वर्षा हुँदा तरकारीको मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको सार्वजनिक गरेको मूल्य सूचीमा हरियो तरकारीको मूल्यमा वृद्धि भएको हो ।सार्वजनिक मूल्य अनुसार च्याउ, गाजर, सागलगायतका हरियो तरकारीको मूल्य १० देखि ४० रुपैयाँसम्म प्रतिकेजी बढेको छ । आज रायो साग, हरियो प्याज, गाजर, रातो मूला, घिरौलाको मूल्य प्रतिकेजी १० रुपैयाँले बढेर आएको छ ।

तर, घिउ सिमीमा १० रुपैयाँ र लाम्चोभन्टामा प्रतिकेजी ५ रुपैयाँले मूल्य घटेको हो । बजारमा गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १३० रुपैयाँ निर्धारण गरिएको छ । लोकल सानो गोलभेँडाको मूल्य भने स्थिर ६० रुपैयाँ रहेको छ । रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ, सुकेको प्याज भारतीय प्रतिकेजी ५६ रुपैयाँ र स्थानीय काउली ५० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ ।त्यस्तै, कन्य च्याउमा प्रतिकेजी ४० रुपैयाँले भाउ बढेको छ ।

शनिबार १६० रुपैयाँ मूल्य रहेको सोहि च्याउ आज ४० रुपैयाँले बढर २०० पुगेको छ । गाजरको मूल्य प्रतिकेजी ११० रुपैयाँमा बिक्रि भएको छ भने घिउ सिमी लोकल ५०, मुला रातो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ७०, भटमासकोशा ९० रुपैयाँ तोकिएको छ ।तितो करेला ४०, लौका ४०, परवल ४४, घिरौला ३०, फर्सी पाकेको ५०,कन्ने च्याउ २००, डल्ले च्याउ ३३०, काँक्रो लोकल ४० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ । रायोको साग ९० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

तोरीको साग प्रतिकेजी ३० रुपैयाँ हुँदा हरीयो प्याज १०० रुपैयाँ न्युनतम मूल्य कायम रहेको छ । समितिका अनुसार फलफूलको मूल्य हिजोको तुलनामा स्थिर रहेको छ । आज केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० छ । कागती १३०, अनार ३००, आँप मालदह २२०, तरबुजा हरियो ७०, मौसम १६०, किवि ७००, मेवा ८० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *