राष्ट्रिय सभा आज बस्दै, यस्तो छ कार्यसुची
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौ, ११ साउन । संघीय संसद अन्र्तगत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक आज बिहान ११ः०१ मा बोलाइएको छ ।
आजको बैठकमा राष्ट्रिय सभाका सचिव डाक्टर सुरेद्र अर्यालले राष्ट्रिय सभाले पारित गरी सन्देश सहित प्रतिनिधि सभामा पठाएको “मलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’’ का सम्बन्धमा प्रतिनिधि सभाबाट पठाएको सन्देश राष्ट्रिय सभामा टेवुल गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जानकारी गराएको छ ।
हिजो बसेको प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विमानस्थलबाट बाहिरिएको तस्करीको सय केजी सुन प्रकरणमा उच्चस्तरीय छानबिनको माग राखेर सदन अवरुद्ध ग¥यो । आजको राष्ट्रिय सभामा पनि एमालेले आफ्नो मागलाई कायम राख्ने बुझिएको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि