• Home
  • मौसम
  • आजको मौसमः पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहने
Image

आजको मौसमः पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहने

काठमाडौं, ७ असार । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती तथा गण्डकी  प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी , मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र देशको बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको थोरै स्थानहरूका साथै  मधेश र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुनाले भारी वर्षा, मेघगर्जन र चट्याङ्ग, बाढी, पहिरो भू-क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

Related Posts

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ४ हप्ता अगाडि

आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव; हिमाली भेगमा हल्का हिमपातको सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहने जनाएको छ। यसका कारण पहाडी तथा…

ByByanjana soni ७ महिना अगाडि

चक्रवात ‘दित्वा’को प्रभाव: देशभर आंशिक बदली, यी प्रदेशमा मौसम सफा

मौसम पूर्वानुमान महाशाखाले हाल दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’ (Ditwa) को आंशिक प्रभाव देशभर परिरहेको जनाएको छ।…

ByByanjana soni ८ महिना अगाडि

आजको मौसम तराइका हवाइ उडडयन प्रभावित हुने

काठमाडौं, २६ मंसीर । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम…

ByByYOUTV Nepal २ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *