• Home
  • प्रदेश नं २
  • मिर्चैया वितरण केन्द्रद्वारा विपन्न घर–परिवारलाई निःशुल्क विद्युत मिटर वितरण
Image

मिर्चैया वितरण केन्द्रद्वारा विपन्न घर–परिवारलाई निःशुल्क विद्युत मिटर वितरण

मुकेशकुमार यादव

सिरहा, ३ असार। नेपाल विद्युत प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालयका प्रमुख मुनेन्द्रप्रसाद ठाकुरले सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। प्राधिकरणको सिरहास्थित मिर्चैया वितरण केन्द्रले आइतबारबाट सुरु गरेको ‘विपन्न घर–परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण’ कार्यक्रमलाई सम्वोधनगर्दै सेवाग्राहीलाई कुनैपनि प्रकारको दुख दिने, अल्झाउने, फर्काउने खालका व्यहार नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका हुन्।

उनले सेवाग्राहीलाई अनावश्यक रुपमा दु:ख दिने, अल्झाउने, फकाउने गरेको प्रमाणसहित उजुरी गरे त्यस्ता कर्मचारीलाई तत्काल कारबाही गर्ने बताए । उनले भने, ‘कार्यालयबाट फर्कने सेवाग्राहि फर्कदा खुशी खुशी फर्कने गरी काम गर्नुहोस्। गुणस्तरीय सेवा दिनु हाम्रो दायित्व हो।’

प्रादेशिक कार्यालयका प्रमुख तथा कार्यक्रममका प्रमुख अतिथि ठाकुरले नेपाल सरकार र प्राधिकरणको सामाजिक दायित्वअन्तर्गत मिर्चैया वितरणकेन्द्रले निशुल्क मिटर वितरण कार्य सुरुगरेको बताए। उनले सरकार र प्राधिकरणको दायित्व अन्तर्गत मिटर वितरण प्रकृया सुरुभएको बताउँदै यसलाई पनि पार्दशी र प्रभावकारी बनाउन सुझाव दिए।

उनले मधेश प्रदेशका सवै वस्तिहरुका विद्युतिकरण भइसकेपनि कतिपय गरिव तथा विपन्न घरपरीवार विद्युत् मिटरलिन नक्ने अवस्थाका रहेकोले प्राधिकरण वितरण प्रकृया थालेको बताए। 

सोही क्रममा उनले १८ घण्टा लामो लोडसेडिङ्को अन्त्यगर्न प्राधिकरण सफल भएकोजनाउँदै अवको दिनमा प्रभावकारी सेवा प्रवाहगर्ने प्राधिकरणको दायित्व रहेको बताए। 

प्राधिकरणले स्थानीय तहको साझेदारीमा सवै किसानको खेतैमा पुग्नेगरी विद्युतिकरण गर्ने जनाए। उनले भने, ‘प्राधिकरणले स्थानीय सरकार र प्राधिकरणको ५०–५० प्रतिशतमा कृषि विद्युतिकरणको योजना पनि ल्याएको छ। हामीले स्थानीय तहहरुसँग समन्वय पनि गरिरहेका छौं।’

कार्यक्रममा मिर्चैया वितरण केन्द्रका प्रमुख मनोज कुमार शर्माले विद्युत मिटर जडान गर्न नसक्ने विपन्न परीवारलाई प्राधिकरणले सामाजिक दायित्व अन्तर्गत निशुल्क मिटर प्रदान कार्य आजबाट सुरुभएको बताए। आजबाट सुरुभएको वितरण कार्य असार मसान्तसम्म चल्ने प्रमुख शर्माले जानकारी दिए।  

वितरणकेन्द्रका सेवाक्षेत्रभित्र पाँचसय ग्राहलाई निशुल्क विद्युत मिटर र एमसीवी दिने कार्यक्रम रहेको जनाए। वडाहरुले दिएको विपन्न सिफारिसको आधारमा मिडर दिने उनको भनाई थियो। 

तर, आफ्नो नाममा जमिन नभएकाहरुले भने एक हजार रुपैयाँ धरौटी राख्नुर्ने बताए। एनले भने, ‘जमिन आफ्नै नाममा भएकाहरुले लालपुर्जाको फोटो कपी र वडाको सिफारिस ल्याउँदा हुने र लालपुर्जा नभएकाहरुले वडाको सिफारिसमा नि:शुल्क मिटर जडान गरिदिने बताए। 

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ महिना अगाडि

पर्सागढि ५ न.वडामा एस इ इ दिएका बिद्यार्थीलाई कम्प्युटर तालिम उद्घाटन।

बैशाख ६ गते,आइतबार आज एक कार्यक्रमबिच ५ न.वडाका विधार्थीहरुलाइ ४५ दिने कम्प्युटर तालिम उद्घाटन भएको छ। यु डि…

ByByanjana soni ४ महिना अगाडि

माइतीघरमा भन्सार कर नीतिविरुद्ध प्रदर्शन, तत्काल खारेजको माग

काठमाडौं । नेपाल–भारत सीमामा लागू गरिएको रु १०० भन्दा माथिको सामानमा भन्सार कर लगाउने नीतिविरुद्ध विरोध प्रदर्शन गरिएको…

ByByanjana soni ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *