Trending

नेपालले पहिलो पटक टेस्ट टाेली जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै

1.4kViews
0 Shares

काठमाडौं, ३ असार । नेपालले आज पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग क्रिकेट खेल्दैछ । 

हरारे स्पोर्ट्स क्लबमा नेपाली क्रिकेट टोलीले आज जिम्बाबेसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा आइतबार जिम्बावेविरुद्ध खेल्न लागेको हो । सो खेल नेपाली समय अनुसार आइतबार अपरान्ह १२ः ४५ बजेवाट सुरु हुनेछ । 

नेपाल आफनो पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बाबेलाई स्तब्ध पार्ने उदेश्यसहित मैदानमा उत्रनेछ । अभ्यास खेलमा पराजय भोगिरहेको चोट बिर्सेर नेपाली टोलीले आज जिम्बाबेलाई घरेलु मैदानमा स्तब्ध पार्ने दाउ राखेको छ । पहिलो पटक टेस्ट मान्यता प्राप्त टोलीसँग खेल खेल्न लागेको नेपाली टोलीलाई मनोबैज्ञानिक रुपमा कमजोर अनुभुति भए पनि नयाँ उत्साहका साथ मैदानमा उत्रने भएकाले आशा गर्ने ठाउँ रहेको क्रिकेट प्रेमिले जनाएका छन । 

साे खेलबारे नेपाल क्रिकेट स‌घले भनेकाे छ, ‘राइनोज (नेपाल) ले आफ्नो अन्तिम अभ्यास सत्र पूरा गरी आईसीसी विश्वकप छनोटका लागि तयार भएका छन् ।’

घरेलु टोली जिम्बाबेसँग प्रतिस्पर्धा गर्नु अघि मैदानमा अभ्यास गर्दै नेपाली क्रिकेट टोली तस्विरमाः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय