काठमाडौं महानगरद्वारा हिसान शैक्षिक मेला बन्द

340Views
0 Shares

काठमाडौं, ३२ जेठ । काठमाडौं महानगरपालिकाले प्रक्रिया पूरा नगरेको र निर्देशन उल्लंघन गरेको भन्दै कान्तिपुर हिसान शैक्षिक मेला बन्द गराएको छ । 

कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करण बिहीबारदेखि भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु भएको थियो । जसको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका थिए । 

तर, दिउँसो महानगरका प्रहरीले मेला बन्द गराएका हुन् । मेलाबारे स्थानीय तहलाई जानकारी नगराएको र माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा नआउँदै प्लस टुमा भर्नाका लागि विद्यार्थीलाई दबाब दिएको भन्दै महानगरले मेला बन्द गराएको हो । 

केही दिनअघि महानगरले एसईईको नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न सबै विद्यालयलाई पत्राचार गरेको थियो । 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
27°
Sunny
5:29 am7:00 pm +0545
Feels like: 29°C
Wind: 5km/h E
Humidity: 70%
Pressure: 1009.82mbar
UV index: 1
8 am9 am10 am11 am12 pm
31°C
33°C
34°C
35°C
36°C
WedThuFriSatSun
41°C / 25°C
41°C / 26°C
42°C / 27°C
43°C / 28°C
42°C / 28°C

प्रिय न्युज

Uncategorized

४ दिन अगाडि

लोकप्रिय