• Home
  • शिक्षा
  • काठमाडौं महानगरद्वारा हिसान शैक्षिक मेला बन्द
Image

काठमाडौं महानगरद्वारा हिसान शैक्षिक मेला बन्द

काठमाडौं, ३२ जेठ । काठमाडौं महानगरपालिकाले प्रक्रिया पूरा नगरेको र निर्देशन उल्लंघन गरेको भन्दै कान्तिपुर हिसान शैक्षिक मेला बन्द गराएको छ । 

कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करण बिहीबारदेखि भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु भएको थियो । जसको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका थिए । 

तर, दिउँसो महानगरका प्रहरीले मेला बन्द गराएका हुन् । मेलाबारे स्थानीय तहलाई जानकारी नगराएको र माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा नआउँदै प्लस टुमा भर्नाका लागि विद्यार्थीलाई दबाब दिएको भन्दै महानगरले मेला बन्द गराएको हो । 

केही दिनअघि महानगरले एसईईको नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न सबै विद्यालयलाई पत्राचार गरेको थियो । 
 

Related Posts

द ब्रिटिश कलेजको स्पष्टिकरण: सामाजिक सञ्जालमा फैलाइएका आरोप भ्रामक, कलेजको शैक्षिक गतिविधि नियमित

काठमाडौं । द ब्रिटिश कलेजले कलेजविरुद्ध सामाजिक सञ्जाल तथा केही आम सञ्चार माध्यममार्फत फैलाइएका भ्रामक सूचना र आरोपहरूबारे…

ByByYOUTV Nepal ८ महिना अगाडि

लिटिल बडी प्रि-स्कुलमा बाल मनोविज्ञान सम्बन्धी तालिम सम्पन्न

वीरगंज –  लिटिल बडी प्रि-स्कुलले आफ्ना टोडलर र नर्सरी शिक्षकहरूका लागि बालबालिकाको व्यवहार र सिकाइ प्रक्रिया बुझ्न सहयोग…

ByByBirgunj १० महिना अगाडि

हैजा र GenZ आन्दोलनका कारण शनिबार र सरकारी बिदामा पनि विद्यालय सञ्चालन हुने

वीरगंज – हालै फैलिएको हैजा (Cholera) संक्रमण र GenZ आन्दोलन/प्रदर्शनका कारण विद्यालयहरूको पठनपाठनमा व्यापक असर परेपछि नेशनल प्याब्सन…

ByByBirgunj १२ महिना अगाडि

प्याब्सन पर्साबाट जेन्जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली, शिक्षालाई अविलम्ब सुचारु गर्न आह्वान

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (नेपाल प्याब्सन), पर्सा शाखाले हालै सम्पन्न जेन्जी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण…

ByByBirgunj १२ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *