• Home
  • शिक्षा
  • हैजा र GenZ आन्दोलनका कारण शनिबार र सरकारी बिदामा पनि विद्यालय सञ्चालन हुने
Image

हैजा र GenZ आन्दोलनका कारण शनिबार र सरकारी बिदामा पनि विद्यालय सञ्चालन हुने

वीरगंज – हालै फैलिएको हैजा (Cholera) संक्रमण र GenZ आन्दोलन/प्रदर्शनका कारण विद्यालयहरूको पठनपाठनमा व्यापक असर परेपछि नेशनल प्याब्सन (National PABSON) वीरगंज ले विशेष निर्णय सार्वजनिक गरेको छ।

नेशनल प्याब्सन वीरगंजका अध्यक्ष जियालाल गुप्ता का अनुसार, विद्यार्थीहरूको अध्ययनक्रम र शैक्षिक सत्रलाई जोगाउने उद्देश्यले शनिबार र सरकारले तोकेको सार्वजनिक बिदामा समेत कक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो।

गुप्ताले जानकारी दिँदै भने, “आगामी असोज ३ गतेदेखि नियमित शनिबार र सरकारी बिदामा पनि विद्यालय खुला रहने छ, जसले प्रभावित कोर्स तथा पाठ्यक्रम समयमै पूरा गर्न मद्दत गर्नेछ।”

नेशनल  प्याब्सनले अभिभावक, शिक्षक, विद्यार्थी र सम्पूर्ण सरोकारवालाहरूलाई यस निर्णयलाई सफल पार्न सक्रिय सहकार्यका लागि आग्रह गरेको छ।

Related Posts

द ब्रिटिश कलेजको स्पष्टिकरण: सामाजिक सञ्जालमा फैलाइएका आरोप भ्रामक, कलेजको शैक्षिक गतिविधि नियमित

काठमाडौं । द ब्रिटिश कलेजले कलेजविरुद्ध सामाजिक सञ्जाल तथा केही आम सञ्चार माध्यममार्फत फैलाइएका भ्रामक सूचना र आरोपहरूबारे…

ByByYOUTV Nepal १० महिना अगाडि

लिटिल बडी प्रि-स्कुलमा बाल मनोविज्ञान सम्बन्धी तालिम सम्पन्न

वीरगंज –  लिटिल बडी प्रि-स्कुलले आफ्ना टोडलर र नर्सरी शिक्षकहरूका लागि बालबालिकाको व्यवहार र सिकाइ प्रक्रिया बुझ्न सहयोग…

ByByBirgunj १२ महिना अगाडि

प्याब्सन पर्साबाट जेन्जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली, शिक्षालाई अविलम्ब सुचारु गर्न आह्वान

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (नेपाल प्याब्सन), पर्सा शाखाले हालै सम्पन्न जेन्जी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण…

ByByBirgunj १ वर्ष अगाडि

ब्रिटिश एजुकेशन ग्रुपद्वारा कील विश्वविद्यालयको सहकार्यमा बीएससी अन्स डाटा साइन्स कार्यक्रमको शुभारम्भ

काठमाडौं, नेपाल – ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिश इन्टरनेशनल कलेजले बेलायतको प्रतिष्ठित कील विश्वविद्यालय सँगको सहकार्यमा नेपालमा बीएससी (अन्स)…

ByByYOUTV Nepal १ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *