Trending

सगरमाथा लुम्बिनी बिमा कम्पनीको लापरबाहीले सिरहा सुपर मार्केट मर्कामा

1.3kViews
0 Shares

मुकेशकुमार यादव 
सिरहा २६ जेठ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको लापरबाहीले सिरहा सुपर मार्केट प्रालिले सञ्चालन गरेको एवीमलको गोदामममा आगलागी भएको चार महिना बितिसक्दा पनि बिमाबापतको रकम पाउन सकेको छैन । बिमा कम्पनीले खटाएको सर्भेयरले समयमा सही रिपोर्ट नदिँदा मर्कामा परेको सिरहा सुपर मार्केट प्रालिका सञ्चालन जाकिर अन्सारीले बताए। 

आगलागी भएकै दिनदेखि इन्स्योरेन्स कम्पनीको सम्पर्क र समन्वयमा रहेर सर्भेको जिम्मा लिएको सीमेक कन्सल्टेन्सी प्रा.लि. माग गरेको सवै आवश्यक कागजातहरु उपलब्ध गराउँदासमेत चार महिनापछि पूर्वाग्रही तरिकाले रिपोर्ट दिएको मलका मुख्य कार्यकारी अधिकृत पिन्टु राउतले बताए । 

कार्यकारी अधिकृत राउतले भने, ‘हामीले हाम्रो गोदाममा रहेको सामाग्रीहरुको तीन करोड ६८ लाखको माग दाबी गरेको भए पनि सर्भेयरले मनोमानी ढंगले ४६ लाखमात्र मूल्यांकन गरेको छ । यो उहाँहरुले गरेको मूल्यांकन हचुवाको छ ।’

आफ्नो गोदाममा अझै पनि आगलागीबाट जलेका सामाग्रीहरु सुरक्षित राखिएको  बताउँदै कार्यकारी अधिकृत राउतले भने, ‘हाम्रो गोदाममा अझै पनि आगलागीका कारण जलेका र काम नलाग्ने सबै सामाग्रीहरु सुरक्षित छन् । म स्वतन्त्र रुपले अन्य सर्वेयरहरुलाई पनि आएर मूल्यांकन गर्न अनुरोध गर्छु । हाम्रो मलले चार वर्ष देखि सगरमाथा इन्स्योरेन्स कम्पनीलाई प्रत्यक वर्ष ६ लाख रुपैयाँको दरले प्रिमियम बुझाउँदै आएको छु । अहिले उनीहरुले गरेको मूल्यांकनले त्यहि हामीसँग लिएको रकम नै फिर्ता गर्नेगरी मूल्यांकन गरेको जस्तो भान भइरहेको छ।’ 

यसले इन्स्योरेन्स कम्पनी र सर्भेयर कन्सल्टेन्सीले मिलेमतोमा क्षति मूाल्यांकन गरेको आशंका गरिएको छ ।  गत २९ माघमा सिरहा सुपरमार्केट प्रा.लि.द्वारा सञ्चालित एवीमलको गोदाममा आगलागी हुँदा गोदाममा रहेको खाद्यान्न, कपडा, इलेक्ट्रोनिक्स, फर्निचर, किचेन लगायतका तिन रोड ४२ लाखभन्दा बढीको सामाग्री जलेर नष्ट भएको दावी गरेको छ । तर, इन्स्योरेन्स कम्पनीले हायर गरेका सर्भेयरले इन्स्योरेन्स कम्पनीलाई खुसी पार्ने मनासायसहित  तथ्यहिन, पूर्वाग्राही भएर मूल्याङ्कन गरेको राउतको आरोप छ । 

मार्केटको रेट पनि नदिई ३७ लाख बराबरको मूल्यांकन रिर्पोट पठाएको भन्दै उनले भने, ‘भवितव्य केही घटना, दुर्घटना भए  तत्कालै राहत पाइने आशमा इन्स्योरेन्स गराएँ । तर, राहत दिनुको सट्टा सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सि.मेक कन्सलटेन्सीका कर्मचारीले ममाथि अन्याय नै गरे ।’ तर, आफूलाई न्यायोचित बिमाबापतको रकम नदिए दुवै कम्पनीविरुद्ध कानुनी संघर्ष गर्ने उनको भनाइ छ । 

बिमा कम्पनी र कम्पनीको तर्फबाट हायर भएका सर्भेयरका कारण आफू मार्कामा परेको सिरहा सुपरमार्केटका सञ्चालक जागिर अन्सारीले बताए । 
‘लुम्बिनी इन्स्योरेन्स कम्पनीले हायर गरेको सर्भेयर कम्पनी सि.मेक कन्सल्टेन्सी प्रा.लि.लाई हामीले सबै डकुमेन्ट बुझाएको चार महिना बितिसक्दा पनि ताकेता गरेनन् । सर्भेयर कम्पनीले वास्तापनि गरेनन्। तर, हामीले त्यसपछि सर्भेयर र इन्स्योरेन्स कम्पनीलाई हारगुहार गरेपछि चार महिनापछि तपाईंले पठाएको डकुमेन्ट अपुग छ भन्यो । पुनः सबै सच्याएर पठाउन भन्दै आलटाल गरे ।’

आगलागीका बेला जनकपुर, मिर्चैयाका र गोलबजारको मलमा बिक्रीका लागि ल्याइएका सामाग्रीहरु काम नलाग्ने गरी जल्नुका साथै कार्यालय प्रायोजनका लागि रहेका सर्वर कम्युटर, सीसीक्यामेरा, एसी मेसीनलगायतका सामाग्री पनि जलेको जनाएको छ ।

आगलागी भएको बेलाको सीसीटिभिलगायतका आवश्यक कागजातलाई बेवास्ता गर्दै सर्भेयर र इन्स्योरेन्स कम्पनीको मिलोमतोमा माग दाबी गरेको रकमको १० प्रतिशत मात्र मूल्यांकन गरी पठाइएको गुनासो छ

उनीहरुले प्रतिवेदनमा माग दाबीअनुसारका कागजात पूरा गर्न नसकेको,  आगो लागेरभन्दा पनि आगो निभाउने क्रममा सामानहरु क्षति भएको र म्याद सकिएका सामाग्रीहरु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यता सिरहा सुपर मार्केटले भने गोदाममा रहेका सामाग्री बिक्रीयोग्य नगरहेकाले सबैको बिमा दाबी गर्दै आएको छ ।  कम्पनीले सवै सामानहरु पूर्णरुपमा नजलेपनि धुवाँको दाग, धुवाको गन्धका कारण बिक्रीयोग्य नरहेको बताउँदै आएको छ। कम्पनीले बिक्रीयोग्य नभएकाले सबै सामाग्रीको बिमादावी गरेको छ ।  सीमेक कन्सल्टेन्सी प्रा.लिका सर्भेयर शेरबहादुर बुढाले स्थलगत रिपाेर्टिङ गरेर क्षति भएकाे बिलकाे आधारमा मूल्या‌ंकन गरेकाे जानकारी दिए । ‘हामीले स्थलगत निरीक्षण गरी जे जति क्षति भएकाे देखियाे साेहीअनुसारकाे मूल्यांकन गरेकाे हाे,’ उनले भने, ‘करिब सात दिन लगाएर गरिएकाे स्थलगत निरीक्षण गरी क्षति भएकाे बिलकाे आधारमा मूल्यांकन गरेकाे हाे ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय