• Home
  • अर्थ
  • ग्रीन भेन्चर्सको नाफा बढ्यो
Image

ग्रीन भेन्चर्सको नाफा बढ्यो

काठमाडौ,  ३० जेठ । ग्रीन भेन्चर्स लिमिडेटले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले ३० करोड १६ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

एक वर्षको अवधिमा यस कम्पनीको खुद नाफा २३ करोड ४४ लाख ७८ हजार रुपैयाँले बढेको हो । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ६ करोड ७१ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने अम्दानी बढेकाले खुद नाफा पनि बढ्न सहयोग पुगेको हो । चैत मसान्तसम्म आइपुग्दा कम्पनीले विद्युत् बिक्रीबाट १ अर्ब २१ करोड ९८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यसले विद्युत बिक्रीबाट ६० करोड ६५ लाख ६० हजार रुपैयाँ कमाएको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ग्रीनको चुक्ता पुँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ रहको छ । रिटेन अर्निङ २० करोड ८० लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६५ पैसा छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६४ पैसा थियो । प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ६६ पैसा रहेको छ  ।

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ६ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ७ महिना अगाडि

भारत–नेपाल रेल व्यापर सञ्जाल विस्तार : रेलमार्फत व्यापार सहज बनाउने पत्र आदान–प्रदान

नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange)…

ByByanjana soni ११ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *