Trending

ग्रीन भेन्चर्सको नाफा बढ्यो

105Views
0 Shares

काठमाडौ,  ३० जेठ । ग्रीन भेन्चर्स लिमिडेटले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले ३० करोड १६ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

एक वर्षको अवधिमा यस कम्पनीको खुद नाफा २३ करोड ४४ लाख ७८ हजार रुपैयाँले बढेको हो । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ६ करोड ७१ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने अम्दानी बढेकाले खुद नाफा पनि बढ्न सहयोग पुगेको हो । चैत मसान्तसम्म आइपुग्दा कम्पनीले विद्युत् बिक्रीबाट १ अर्ब २१ करोड ९८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यसले विद्युत बिक्रीबाट ६० करोड ६५ लाख ६० हजार रुपैयाँ कमाएको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ग्रीनको चुक्ता पुँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ रहको छ । रिटेन अर्निङ २० करोड ८० लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६५ पैसा छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६४ पैसा थियो । प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ६६ पैसा रहेको छ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
26°
Partly Cloudy
5:28 am7:01 pm +0545
Feels like: 28°C
Wind: 6km/h E
Humidity: 66%
Pressure: 1007.45mbar
UV index: 0
5 am6 am7 am8 am9 am
26°C
27°C
30°C
32°C
35°C
ThuFriSatSunMon
42°C / 25°C
43°C / 27°C
43°C / 28°C
42°C / 27°C
42°C / 27°C

प्रिय न्युज


लोकप्रिय