बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौ, ७ जेठ । साताको पहिलो कारोबार दिन आज नेपाली सुनचाँदी बजारमा सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। यो सँगै प्रतितोला सुनको मुल्य १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबा भाउ स्थिर रहँदै चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि