• Home
  • कर्णाली प्रदेश
  • कर्णाली प्रदेश सकारले गठबन्धन टिकाउन राज्यको स्रोत साधनको दुरूपयोग गरेको कँडेलका आरोप
Image

कर्णाली प्रदेश सकारले गठबन्धन टिकाउन राज्यको स्रोत साधनको दुरूपयोग गरेको कँडेलका आरोप

काठमाडौं । पुष २९ गते
कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठक बुधबार बसेको छ। नेकपा एमाले कर्णाली प्रदेश सभा दलका नेता यामलाल कँडेलले प्रदेश सकारले गठबन्धन टिकाउन राज्यको स्रोत साधनको दुरूपयोग गरेको आरोप लगाउनु भएको छ । बैठकमा दलको तर्फबाट धारणा राख्दै नेता कँडेलले यस्तो आरोप लगाउनु भएको हो ।

मन्त्रालय र गठबन्धन टिकाउन झ्याल–झ्यालमा मन्त्रालयको बोर्ड टंगाइएको र यसमा कर्णाली प्रदेश सरकार माहिर रहेको कँडेलले बताउनु भएको थियो । राज्यको साधन स्रोतको दुरूपयोग गरेर गठबन्धन टिकाउने बाटोमा हिँडेपछि कसको के लाग्छ र भन्दै प्रश्न गर्नु भएको थियो । यो आर्थिक वर्षमा प्रदेश सरकारले बनाएका योजनाहरू समाजको आवश्यकता अनुसार नभएको उहाँले आरोप लगाउनु भएको थियो । समाजलाई भन्दा पनि घरलाई काम लाग्नेगरी सरकारले टुक्रे योजनाहरू बनाएर रकम वितरण गरेको उहाँको भनाई थियो । कर्णाली प्रदेश सरकार व्यवहारमा अनुभूति गर्नेगरी प्रस्तुत नभएको पनि नेता कँडेलले आरोप लगाउनु भएको थियो ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni १९ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २४ घण्टा अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *