• Home
  • समाचार
  • गृहणी महिलाले घरमा नै बसी यसरी घटाउन सक्छन् मोटोपना !!
Image

गृहणी महिलाले घरमा नै बसी यसरी घटाउन सक्छन् मोटोपना !!


काठमाडौ‌, १६ बैशाख । महिलामा तौल बढनु एक समस्या बनिरहेको हुन्छ । खासगरी, गृहणी महिला आफनो बढेको तौलका कारण हैरान भईरहेका हुन्छन् किनकी कामकाजी महिला आफनो तौललाई सन्तुलनमा राखिरहेका हुन्छन तर गृहणी महिला घरायासी काममा ब्यस्त रहनु पर्ने भएकाले आफनो बढेको तौललाई सन्तुलनमा राख्न सकिरहेका हुन्नन् ।

उनीहरु तौल सन्तुलनका लागि समय पाउदैनन र मोटो शरिर लिएर बसिरहेका हुन्छन् । यीनीहरुलाई समय भए त जिम सेन्टर गएर आफनो शरिरको तौल सन्तुलनमा राख्थे तर समय नहुने भएका कारण उनीहरु असन्तुलितत शरिर लिएर बसिरहेका हुन्छन् ।तर, यस्तो अवस्थामा के गर्ने त ? हामी तपाईलाई केही टिप्स बताउने छौं, जसले तपाईको शरिरको तौललाई सन्तुलित र आकर्षक बनाउन मद्यत गर्नेछ ।

यसरी घटाउनुहोस मोटोपना
यदि तपाईं गृहिणी हुनुहुन्छ भने तौल घटाउन सजिलो छैन तर केही सजिलो उपाय अपनाएर आफ्नो शरीरलाई राम्रो बनाउन सक्नुहुन्छ। तौल घटाउने पहिलो उपाय भनेको भनेको हिँड्नु हो।

हामी यो मान्दैछौं कि घरको कामले तपाईलाई फुर्सद हुदैन तर पनि बिहान वा साँझ जुन सुकै समय मिल्छ, त्यो बेला विस्तारै हिडन सुरु गर्नुहोस् । विस्तारै बिस्तारै हिडाईको गतिलाई क्रमशः अघि बढाउनुहोस र समयलाई पनि बढाउनुहोस । साथै, केही कार्डियो एक्सरसाइजको पनि गर्न सक्नुहुनेछ ।

यो होइन कि जुन सुकै काम र हिडाई तिव्र गतिमा गर्नुपर्छ तर आफनो क्षमता अनुसार हिडाईको गतिलाई अघि बढाउनुहोस । मोटोपना घटाउने भन्दैमा जर्वजस्ती र तिव्र गतिले नहिडनुहोस र न दौडनुहोस । यसका साथै खानपीनवाट बच्ने काम गर्नुहोस । जसमा चिल्लो र धेरै क्यालोरी हुनेवाला खाना नखानुहोस् । अस्वस्थ्यकर खानपिनलाई पुरै बन्द गर्नुहोस ।

जति सकिन्छ, घरमा बनाएको कुरा खानुहोस् । बाहिरका सबै खानेकुराहरुलाई बन्देज गराउनुहोस् । हाइड्रेट रहनुहोस र खानामा जति सकिन्छ फाइबारयुक्क्त खानेकुराहरु खानुहोस । साथै, प्रोटिन प्राप्त हुने खानेकुराहरु खानुहोस् ।

तपाई एकदिनमा कति क्यालोरी उत्पादन गर्नुहुन्छ, त्यो नोट गर्दै जानुहोस् । यसका लागि तपाईलाई स्मार्ट वाचको आवश्यक्ता पर्न जान्छ ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni २ हप्ता अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *