सुनको भाउ बढ्दा चाँदी स्थिर
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, बैशाख १२ गते । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ। यसअघि सोमबार प्रतितोला २०० रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि