• Home
  • समाचार
  • रवि लामिछानेको जित निश्चित, हार स्वीकार गरी कांग्रेसका जितनारायणले दिए बधाई
Image

रवि लामिछानेको जित निश्चित, हार स्वीकार गरी कांग्रेसका जितनारायणले दिए बधाई

काठमाडौं, बैशाख १२ गते । चितवनको क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको जित निश्चित भएको छ । गन्न बाँकी रहेको मतभन्दा लामिछानेको मतान्तर धेरै छ । नेपाली कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेलाई बधाई दिएका छन् ।

३७ हजारबढी मतान्तरले अगाडि रहेका रविको जित सुनिश्चित भइसकेको छ । मतगणनास्थलमा पुगेर कांग्रेस उम्मेदवार श्रेष्ठले रास्वपाका सभापतिसमेत रहेका रविलाई बधाई दिए । रवि अब आफ्नो पनि जनप्रतिनिधि भएको भन्दै उनले प्रतिस्पर्धीका रुपमा रविको रचनात्मक काममा सहयोग गर्ने बताए ।

उनले भने, ‘जनप्रतिनिधिलाई एउटा प्रतिस्पर्धीका रुपमा नकारात्मक होइन, सकारात्मक सहयोग रहन्छ ।’जनताले परिर्वतन खोजेको र परम्परागत दलहरुले आफ्ना कमजोरीलाई सच्याउनुपर्ने बताएक्ँ छन्् ।

रास्वपा सभापति रविले पनि सबैसँग सहकार्य गर्ने भन्दै रचनात्मक सहयोगको अपेक्षा रहने बताएका छन् । जनताले परिवर्तन चाहियो भनेर घन्टी बनाएको भन्दै उनले भने, ‘यो अपेक्षामा हामी खरो रुपमा उभिने छौं । सबै मिलेर काम गर्नेछौं ।’

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *