• Home
  • राजनीति
  • चितवन–२ को मतपरिणामः रवि लामिछाने ३७ हजार मतान्तरले अघि
Image

चितवन–२ को मतपरिणामः रवि लामिछाने ३७ हजार मतान्तरले अघि

काठमाडौं, बैशाख १२ गते । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले ३७ हजार ४१७ को फराकिलो मतान्तर सहित अग्रता लिएका छन्।पछिल्लो परिणाम अनुसार‚ रास्वपा अध्यक्ष समेत रहेका लामिछानेले ४५ हजार ८४२ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस जितनारायण आठ हजार ४२५ प्राप्त गरेका छन्। यस्तै‚ नेकपा एमाले रामप्रसाद न्यौपाने आठ हजार ३३० मत प्राप्त गरेका छन्।

गत मंसीरमा सम्पन्न निर्वाचनमा यस क्षेत्रमा लामिछाने ४९ हजार ३०० मत सहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत प्राप्त गरेका थिए। नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरिदिएकाले यहाँ उपनिर्वाचन भएको हो।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *