• Home
  • समाचार
  • बिनिमय दरः अमेरिकी डलरको भाउ बढ्दा युरोको भने घट्यो
Image

बिनिमय दरः अमेरिकी डलरको भाउ बढ्दा युरोको भने घट्यो

काठमाडौं, बैशाख ६ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरको भाउ आज पनि बढेको छ । बुधबार डलरमा ११ पैसाले वृद्धि भएको छ । यसअघि मंगलबारप १९ पैसाले डलरमा वृद्धि भएको थियो । बुधबार एक अमेरिकी डलरको खरिददरमा १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा कायम गरिएको छ । यसअघि मंगलबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ८६ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ४६ पैसा कायम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो ८ पैसाले घटेको छ । बुधबार युरो एकको खरिददर १४३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। मंगलबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ४० पैसा कायम गरिएको थियो।

आजबेलायती पाउण्ड स्टर्लिङ बढेको छ। यसको खरिददर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६१ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँ ५० पैसाले बढेको हो । सोमबार यसको खरिदमूल्य १६२ रुपैयाँ ३६ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ११ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, आज अष्ट्रेलियन डलरको एकको खरिदमा ८८ रुपैयाँ २६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३४ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा कायम गरिएको छ ।

आज साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५४ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा आज ४२७ रुपैयाँ ४६ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ४२ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३४९ रुपैयाँ एक पैसा तोकिएको छ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *