उद्योग वाणिज्य महासङ्घको मतगणना स्थगित,मतपत्रमा विवाद
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, चैत ३० गते। मतपत्रमा विवाद आएपछि उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षको मतगणना स्थगित भएको छ। मत पत्र सदर वा बदर भन्ने विषयमा विवाद बढेपछि मतगणना स्थगित भएको हो ।
अहिलेसम्म १२ सय मत गणना भइसकेको छ । १२ सय मत गन्दा रामचन्द्र संघईले ४५२ मत ल्याएका छन् भने अन्जान श्रेष्ठले ४१७ मत ल्याएर संघईलाई पछ्याउँदा उमेशलाल श्रेष्ठले ३१७ मत ल्याएका छन् ।अहिले वरिष्ठ उपाध्यक्षमा खसेको एसोसिएटतर्फको मतगणना भइरहेको छ । एसोसिएटतर्फ कुल १६४९ मत खसेको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि