• Home
  • समाचार
  • कोशी प्रदेशका सांसदमाथी दुर्व्यवहार गर्ने चार युवाको रिहाई
Image

कोशी प्रदेशका सांसदमाथी दुर्व्यवहार गर्ने चार युवाको रिहाई

काठमाडौं, चैत २६ गते । प्रदेश सांसदलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका चार जना रिहा भएका छन् ।कोशी प्रदेश नामाकरणको बिषयलाई लिएर प्रदेशसभा सदस्य पाँचकर्ण राईलाई दुर्व्यवहारको कोशिश गरेको आरोपमा पक्राउ परेका चारै जनालाई प्रहरीले छाडिदिएको हो ।

जिल्ला समन्वय समितिको छैटौं जिल्ला सभा चलिरहेको बखतमा सप्तमणि राई, सुनिल चाम्लिङ, युगसन किरात, डार्विन चाम्लिङले सांसद राईलाई लक्षित गरेर नाराबाजी तथा कालो झन्डा देखाएका । सदरमुकाम दिक्तेलमा आयोजित सभामा सांसद राईलाई लक्षित गरेर दुर्व्यवहार गरे पछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मन्जिल मुकारूङले कोशी प्रदेश नामाकरणमा सहमति जनाएको भन्दै सांसद राईको बिरुद्धमा नाराबाजी र कालो झन्डा देखाएका कारण पक्राउ परेका चारैजनालाई छाडि सकिएको बताए ।

प्रदेश १ लाई कोशी प्रदेशमा नामकारण गरेको भन्दै पुर्वी पहाडी जिल्लामा पहिचानवादी आन्दोलनकारीहरुले सो प्रदेशका सांसद देखी मन्त्रीहरु बिरुद्ध निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *