नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्दै
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, चैत २३ गते । नेपाल राष्ट्र बैंकले बिहीबार चैत २३ गते रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता प्रवाह गर्ने भएको छ । राष्ट्र बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकले रिपोका लागि बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोल गर्नेछ । बोलकबोलमा बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन् ।
केन्द्रीय बैंकका अनुसार जारी हुने यो रिपो आगामी वैशाख ७ गते परिपक्व हुनेछ । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा केन्द्रीय बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले रिपो जारी गर्दै आएको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि