काठमाडौं, चैत १६ गते । आज सत्तारुढ गठबन्धनको बैठक २ बजे पुनः बस्ने भएको छ। बैठक बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपत्यकाबाहिर कार्यक्रम रहेकाले बैठक २ बजे पुनः बस्ने जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।
मन्त्रालय बाँडफाँटमा संख्या र मन्त्रालय टुंगिएकाहरु बैठकमा नआए पनि हुने, तर नटुंगिएकाहरु आएर छलफल गर्ने उनको भनाइ छ। संख्या र मन्त्रालय टुंगिएका दलहरुले नाम पठाए हुने उनको भनाइ छ।पार्टीहरुले संस्थागत निर्णय ल्याउन भनिएको पनि श्रेष्ठले जानकारी दिए।














