Image

प्याज खानुका अचुक फाइदाहरु


काठमाडौं, चैत १४ गते । प्याज हामीले प्राय खानासँग र खाजासँग स्वाद अनुसार खाइरहेका हुन्छौ। स्वास्थ्यका दृष्टिकोणले प्याज खानु निक्कै फाइदा हुने चिकित्सकले बताएका छन्। यसले शरीरमा भीटामिनको पूर्ति गर्नुका साथै रोगप्रतिरोधात्‍मक क्षमतालाई बढाउने गर्दछ। सलाद होस् वा तरकारी र अचारमै किन नहोस् प्याज धेरै खाइने चिज हो ।

स्वादका लागि खाइने प्याजको गुण केवल खानालाई स्वादिलो तथा बासनादार बनाउनेमा मात्र सिमित छैन ।प्याजमा विभिन्न औषधिय गुण पनि पाइन्छन् र यसको सेवन स्वास्थ्यका लागि हितकर हुन्छ । विज्ञहरुका अनुसार कतिपय स्वास्थ्य समस्याको रोकथाम र उपचारमा प्याज लाभदायक हुन्छ । प्याजका फाइदाहरु यसप्रकार छन् ।

प्याज खानाले पेटमा पाचन रसको उत्पादन बढ्दछ । जसका कारण हामीले खाएको खानेकुरा राम्रोसँग पच्दछ र पाचन सम्बन्धी समस्या पनि कम हुन्छ ।
प्याजको रसमा मह मिलाएर खानाले ज्वरो, रुघाखोकी, तथा घाँटी खसखस गरेको र एलर्जी जस्ता समस्यामा राहत मिल्दछ ।

प्याजमा क्रोमियम तत्व हुन्छ जसले रगतमा भएको चिनीको मात्रा अर्थात् ब्लड सुगर नियन्त्रणमा मद्दत गर्दछ ।

काँचो प्याजको सेवनले रगतमा हानिकारक कोलेस्ट्रोलको मात्रा बढ्न दिँदैन र यसले मुटुलाई स्वस्थ राख्न सहयोग पुराउँदछ ।

दुखेको वा सुन्निएको ठाउँमा प्याजको रस लगाउनाले दुखाइ कम हुन्छ र संक्रमण पनि हुँदैन ।

प्याजमा विभिन्न फाइटोकेमिकल्स तथा भिटामिन सी पाइन्छ, जसले मानिसमा रोग प्रतिरोधी क्षमता बढाउँदछ ।

यदि माहुरीले चिल्यो भने उक्त ठाउँमा प्याजको रस लगाउनुहोस्, दुखाइ तथा सुन्निने क्रम पनि कम हुन्छ ।

प्याजको नियमित सेवनले पेटको अल्सर अर्थात् ग्यास्ट्रिक अल्सरको जोखिम कम हुन्छ । प्याजमा भएको तत्वले सरीरको फ्रि रेडिकल्स हटाउन मद्दत गर्दछ ।
नाकबाट विभिन्न कारणले रगत बगिरहेको छ भने काँचो प्याज काटेर सुँघ्नाले रगत बग्न बन्द हुन्छ ।

प्याजमा क्यान्सर प्रतिरोधी तत्व पाइन्छ । यसमा हुने क्वेर्सेटिन नामक यौगिकले क्यान्सरबाट बचाउन सहयोग गर्दछ ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *