• Home
  • समाचार
  • सेतो पुतलीबाट लाग्न सक्छ यस्तो भयानक रोग
Image

सेतो पुतलीबाट लाग्न सक्छ यस्तो भयानक रोग

काठमाडौं, चैत १२ गते । पुतली जो कोहीलाई पनि मन पर्ने प्रजाती हो । यसलाई हेरेर सबैले आनन्द दिन्छन् । यसको बनावटले सबैको मन छुने गर्छ । सेतो पुतलीका ३ सय प्रजाति हुन्छन् । त्यसमध्ये एक प्रजाति अरु भन्दा अलि खतरनाक हुन्छ ।

प्राय रातको समयमा बत्तीमा घुम्ने यस प्रजातीको पुतलीले आँखामा आक्रमण गर्ने गर्दछ । भर्खर जन्मिएकादेखि हिँडडुल गर्न नसक्ने बालबालिकाहरुलाई यसले बढी आक्रमण गर्ने गर्दछ । वि सं २०३२ सालमा २६ वर्षभन्दा मुनिका मानिसहरुमा यो रोग देखिएको थियो । शुरुमा आँखा पाक्ने रोगको संज्ञा दिइएपनि पछि विज्ञहरुले यसलाई ‘सापु’ नाम दिएका थिए ।

सेतो पुतलीका कारण आँखामा समस्या देखिएपनि के कारणले ‘इन्फेक्सन’ हुन्छ भन्ने पत्ता लाग्न सकेको छैन ।पछिल्लो समय पोखरामा यसको सङ्क्रमण धेरै देखिएको छ । दुईवर्ष अघि नै यसको सङ्क्रमणबाट पोखरामा २६ जना बिरामीले उपचार गराइसकेको हिमालयन आँखा अस्पताल पोखराका प्रमुख डा। इन्द्र महर्जनले बताउनुभयो ।

यस वर्ष पनि भदौ १६ र १७ गते गरी २ जना र पछि थप ४ जना पुतलीको आक्रमणमा परेकाले हाल ६ जनामा देखा परेको छ । शिरमा तेर्सो र शरीरमा ठाडो कालो धर्सो भएको यो सधै देखिन्न । प्राय भदौ र असोजमा देखिने गर्दछ । यसको झुसका कणहरु आँखामा पर्नासाथ आँखा रातो हुने, चिलाउने, धेरै दुख्ने, सुनिने हुँदै अन्ततः आँखा टालिने सम्भावना हुन्छ ।

२४ घण्टाभित्र उपचार नपाएमा व्यक्तिले आँखाको ज्योति समेत गुमाउने खतरा हुन्छ । समयमै अस्पताल पुर्याउन सकिएको खण्डमा भने औषधी उपचारद्वारा निको पार्न सकिन्छ ।यो प्राय सेतो बत्तीमा घुम्ने भएकाले घर वा कार्यालयमा सेतो बत्तीको प्रयोग नगर्नु नै उचित हुन्छ ।नेपालमा पहिलोपटक यो रोग पोखरामा देखिएको डाक्टरहरुको दाबी छ ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *