• Home
  • विद्यार्थी
  • बीरगंज महानगरपालिका– ३ मा ४५ दिने कम्प्युटर लेखा तालिम उद्घाटन
Image

बीरगंज महानगरपालिका– ३ मा ४५ दिने कम्प्युटर लेखा तालिम उद्घाटन

काठमाडौं, चैत ५ गते । बीरगंज महानगरपालिका ३ न.वडामा ४५ दिने कम्प्युटर लेखा तालिम आज एक कार्यक्रमबिच उद्घाटन भएको छ। बीरगंज महानगरपालिका ३ न.वडा कार्यालयको सहयोग र यु डि बाइ सेफ कम्प्युटर एजुकेशनको आयोजनामा तालिम उद्घाटन भएको हो ।तालिम उद्घाटन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष बैजुलाल स्वर्णकारले आफ्नो वडाका युवाहरुको क्षमता विकास संगै सीप सिकाएर आर्यआर्जनमा टेवा पुर्याउने उदेश्यले तालिम आयोजना गरेको बताए।

उनले पढे लेखेका युवाहरु यतिकै घरमा बस्नुपरेको अवस्थामा यस तालिमबाट प्राइभेट कम्पनी फर्म, सरकारी तथा गैरसरकारी संघ,संस्था,निजी ब्यपार ब्यबसाय संचालन गर्न वा रोजगार कार्यमा राहत होस् ,भन्ने ऊद्देश्य रहेकोले तालिमलाइ निरन्तरता दिदै सिक्न र सिकेका सीपलाइ ब्यवहारमा ल्याउन वडा अध्यक्ष स्वर्णकारले सहभागीहरुलाई आग्रह गर्नु भएको थियो।

तालिम उद्घाटन समारोहमा वडा सचिव दिनेश प्रसाद कुशवाहा,वडा सदस्य अब्दुल कलाम,राजीव कुमार श्रेष्ठ,महिला सदस्य संगीता दास,बरकुतिन नेसा, प्रशिक्षक बंशीधर गुप्ता, स।प्रशिक्षक अभिजित चौधरी लगायत तालिममा २५ जना सहभागीहरुको उपस्थिती रहेको थियो।यु डि बाइ सेफका अध्यक्ष बंशीधर गुप्ताको अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको थियो ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *