दक्षिण अमेरिकी देश इक्वेडर र पेरुमा शक्तिशाली भूकम्प, १४ जनाको मृत्यु
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, चैत ५ गते । दक्षिण अमेरिकी देश इक्वेडर र पेरुमा शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इक्वेडरमा १३ र पेरुमा एक जना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पको केन्द्रविन्दु ८० किलोमिटर टाढा रहेको ग्वायाकिल सहरमा रहेको छ।
स्थानीय समय अनुसार हिजो साँझ ५ बजे गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पपछि धेरै शहरका भवनहरू क्षतिग्रस्त भएका छन्। भूकम्पले भत्किएका घरमा केही मानिस फसेको आशंका गरिएको छ। भूकम्पको धक्का मनाबी, मान्ता र राजधानी क्विटोलगायत सहर र छिमेकी देश पेरुमा समेत परेको छ।
भूकम्पको सबैभन्दा बढी प्रभाव तटीय क्षेत्र ग्वायासमा परेको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ ।
३ वर्ष अगाडि
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि