Image

मह खानुका चमत्कारी फाईदाहरु

काठमाडौं, चैत ५ गते । महमा जुनसुकै औषधिसँग मिलेर काम गर्न सक्ने गुण हुन्छ । यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ ।मह उचित तरिकाले खान जानेमा शरिरका लागी निकै लाभदाई मानिन्छ । महले व्यक्तिको स्मरण शक्ति बढाउँछ । यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । अल्सरका रोगीका लागि मह प्रभाकारी औषधि नै मानिन्छ । आयुर्वेदमा मात्र नभएर एलोपेथिक उपचार पद्धतिमा समेत महलाई गुणकारी औषधिका रुपमा मान्यता दिइएको छ महिलाले सेवन गर्दा घटेको यौन क्षमता पुनः जागृत भएर आउँछ । यौन क्षमतालाई बचाइराख्न पनि मह खानुपर्छ ।मह खादाका फाइदाहरु निम्न प्रकारका छन–

१ अदुवाको रसमा या काढामा मह मिसाएर खानाले खोंकि सन्चो हुन्छ ।
२ पाकेको आँपको रसमा मह मिसाएर जोण्डीसको रोगीलाई खुवाउनाले लाभ हुन्छ । बच्चालाई चीनी चीनीको ठाउँमा मह दिन सकिन्छ ।
३ बान्ताको समय पुदीनाको रसको साथमा महको प्रयोग लाभकारी हुन्छ ।
४ शुष्क त्वचामा मह, दूधको तर क्रीम र बेसन मिसाएर लगाउने । यसले त्वचाको शुष्कता हटाउंछ र लावण्यता प्राप्त हुन्छ ।
५ एक गिलास दूधमा मह मिसाएर राती पीउनाले दुब्लोपन हटेर शरीर सुडौल, पुष्ट र बलशाली बन्छ ।
६ मह नित्य सेवन निल आमाशय र आँतलाई बल प्रदान गर्छ ।
७ प्याजको रस र मह बराबर मिसाएर चाट्नाले कफ निस्कन्छ र आंतमा जमेको विजातीय द्रव्यहरु हटाएर नष्ट गर्छ । यसलाई पानीमा घोलेर एनीमा लिनाले लाभ हुन्छ ।
८ हृदयको धमनीको लागि मह बडो शक्तिवद्र्धक हुन्छ । सुत्ने बेला मह र कागतीको रस मिसाएर एक ग्लास पानी पीउनाले कमजोर हृदयमा शक्तिको सञ्चार हुन्छ ।
९ पेटको स्यानो स्यानो घाउ र शुरुवातको स्थितिको अल्सर महलाई दूध वा चियाको साथमा पिउनाले ठीक हुन सक्छ ।
१० सुख्खा खोकिमा मह र कागतीको रस बराबर सेवन गर्नाले लाभ हुन्छ ।महले मांसपेशिहरु बलवती हुन्छ । बढेको रक्तचापमा महको सेवन लहसुनको साथ गर्नु लाभप्रद हुन्छ ।
१३ अदुवाको रस र मह बराबर मात्रामा मिसाएर चाटेर खानाले श्वास कष्ट टाढा हुन्छ र बाडुली पनि बन्द हुन्छ । सुन्तलाको बोक्रालाई सुकाएर धुलो चूर्ण बनाएर दुई मह चम्मच त्यसमा फीटेर तयार गरेर छालामा दल्ने । यसले छाला चम्कीन्छ र कान्छाउँछ । कब्जियतमा गोलभेडा वा सुन्तलाको रसमा एक चम्मच मह हालेर खानाले लाभ हुन्छ ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *