सहिद स्मारक ए डिभिजन लिगः आज तीन खेलहरु हुँदै
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, चैत ४ गते । आज नयाँ सिजनको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा तीन खेलहरु हुँदैछन्।लिगको पाँचौं चरणको अन्तिम तीन खेलहरु आजहुनेछन् । जसमा एक खेल च्यासल मैदान र दुई खेल दशरथ रंगशालामा हुनेछ ।
च्यासलमा हुने खेलमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। फ्रेन्ड्स र आर्मीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।। फ्रेन्ड्स ४ खेलमा ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ।आर्मी ४ खेलमा ५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र एनआरटीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । पुलिस ४ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ । एनआरटी ४ खेलमा १ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र एपीएफबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।मनाङ ४ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ । एपीएफ ४ खेलमा ७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि