काठमाडौं,चैत २ गते । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा सार्वजनिक भवन सञ्चालनमा आएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाटहरु बुधबारदेखि सार्वजनिक भवनमा गर्न थालेका हुन् । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले इन्टेरियरसहित सबै काम सकिएको र प्रधानमन्त्रीले बुधबारदेखि बैठकहरु गर्न थालेको जानकारी दिएका छन् ।
सार्वजनिक भवनमा प्रधानमन्त्री प्रचण्डले बुधबार विहान प्रदेश प्रमुखहरुसँग भेटघाट गरेका थिए भने अपरान्ह सत्तारुढ १० दलका शीर्ष नेताहरुको बैठक राखेका छन् ।












