• Home
  • राजनीति
  • एकल महिला राष्ट्राध्यक्ष हुनु सबै नेपालीका लागि प्रेरणा हो –सिके राउत
Image

एकल महिला राष्ट्राध्यक्ष हुनु सबै नेपालीका लागि प्रेरणा हो –सिके राउत

काठमाडौं, फागुन २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफल रहेको जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको भनाई छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै अध्यक्ष राउतले राष्ट्रपति भण्डारीको कार्यकाल सफल रहेको बताएका हुन । जनमत पार्टीका कार्यकर्ताले नागरिकता विधेयक पारित नगर्दा राष्ट्रपति भण्डारीको पुतला समेत जलाएका थिए तर आज जनमत पार्टीका अध्यक्ष राउतले राष्ट्रपति भण्डारीको कार्यकाल सफल रहेको भनि प्रसंशा गरेका छन् ।

राष्ट्रपतिको स्थान आफैंमा प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै अध्यक्ष राउतले एउटा गाउँमा आमजनताको घरमा जन्मेको व्यक्ति त्यसमा पनि अझ एकल महिला राष्ट्राध्यक्ष हुन पाउनु आफैंमा सबै नेपालीको लागि प्रेरणा भएको उल्लेख गरेका छन् ।

अध्यक्ष राउतले सामाजिक सञ्जालमा लेखेका छन्, राष्ट्रपति विद्या देवी भण्डारीज्यू सात वर्ष राष्ट्रियअध्यक्षको जिम्मेवारी बहन गरेर आज बिदा हुँदै हुनुहुन्छ। पछिल्लो समयमा नागरिकता विधेयक सम्बन्धी हाम्रो केही असहमति रहे तापनि उहाँले सफलता, जिम्मेवारी र सदाशयतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएको छ।एकल महिला राष्ट्राध्यक्ष हुन पाउनु आफैंमा सबै नेपालीको लागि प्रेरणा हो, यो नै गणतान्त्रिक व्यवस्थाको सुन्दरता हो। अझ हामी जस्ता साधारण गरीब जनताका छोराछोरीहरू राष्ट्राध्यक्षको निवाससम्म गएर भेट्न सक्नु, सीधै कुरा राख्न सक्नु वा अझ जलपान समारोहमा बोलाइनु त्यो गणतान्त्रिक र लोकतान्त्रिक व्यवस्थामा मात्रै आज सम्भव भएको छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *