Trending

लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति

1.0kViews
0 Shares

काठमाडौं, फागुन २८ गते । डा.सिके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता हुने सहमति भएको छ ।

आज तीन दलबीच भएको बैठकबाट सो सहमति भएको लोसपाका नेता मनिष मिश्रले बताए । जनमतले उपराष्ट्रपतिमा उम्मेदवार बनाएको ममता झालाई यी तीनै दलले समर्थन गरेका छन् । सो समर्थनपछि अगामी दिनमा कार्यगत एकता गर्ने निर्णय भएको छ ।

तीन दलबीच भएको सहमतिपत्रमा भनिएको छ,– ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी एवं नागरिक उन्मुक्ति पार्टीबीच आपसी समझदारीको आधारमा सहकार्य गर्दै कार्यगत एकताको निम्ति सहमति भएको छ ।’

सहमति पत्रमा जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर र उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठको हस्ताक्षर रहेको छ । यसअघि पनि जनमत र रेशम चौधरीले स्थापना गर्नुभएको नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय