Trending

अमेरिकी साम्राज्यवाद पतन उन्मुख छ – राष्ट्रपति मादुरो

1.2kViews
0 Shares

काठमाडौं, फागुन २८ गते । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी साम्राज्यवादको पतन भएको बताएका छन् । अर्जेन्टिनाको एक सञ्चारमाध्यसँगको अन्तर्वार्तामा उनले ल्याटिन अमेरिका, क्यारेबियन र बाँकी विश्वमा अमेरिकी वर्चस्व घट्दै गएको बताएका छन् ।

“अमेरिकी साम्राज्यवाद पतन उन्मुख छ, अब ल्याटिन अमेरिका र क्यारेबियनका जनताको भलाइको लागि प्रस्ताव गर्न केही छैन, सबै अमेरिकी नीति पश्चगामी छन्,” राष्ट्रपति मादुरोले भन्नुभएको छ । यद्यपिह्वाइट हाउसद्वारा प्रवर्तित अति–दक्षिण समूहहरूको अझै पनि प्रभाव रहेको उनले स्वीकार गरेका छन् ।

अमेरिकाले ल्याटिन अमेरिकी समाजमा असहिष्णुता र घृणा उत्पन्न गराउन, लोकतान्त्रिक विरोधी, अधिनायकवादी, बहिष्करणका परियोजनालाई वित्तीय सहयोग गर्न चाहेहो आरोप भेनेजुएलाका राष्ट्रपतिले लगाएका छन् । उनले कठिन परिस्थितिमा पनि बहुध्रुवीय, बहुकेन्द्रित, नयाँ संसार, मानवताको साझा भाग्य निर्माणमा आफ्नो देशले योगदान गरेको बताएका छन् । अमेरिकी साम्राज्यवादी आफू र आफ्नो देशका क्रान्तिकारी परियोजनालाई नष्ट गर्न उद्यत रहेका बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय