काठमाडौं, फगुन २५ गते । सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक नेपाल सरकारले आज प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रतिनिधिसभामा दर्ता गर्ने सरकारले निर्णय गरेको हो ।
आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।त्यस्तै खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।












