काठमाडौं, फगुन २५ गते । आज जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकले उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्नेछ।
बैठकमा उपराष्ट्रपति पदको उमेदवारसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।जसपाका नेताहरूले उपराष्ट्रपति जसपाले पाउने सहमति भएको बताउँदै आएका छन्। उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते हुनेछ। उपराष्ट्रपति निर्वाचनका लागि यही फागुन २७ गते उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ।












