• Home
  • राजनीति
  • राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै, पौडेल रोज्ने कि नेम्वाङ आज निर्णय गर्ने
Image

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै, पौडेल रोज्ने कि नेम्वाङ आज निर्णय गर्ने


काठमाडौं, फगुन २५ गते । राष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज निर्णय गर्दैछ । त्यसका लागि रास्वपाले आज पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ ।राष्ट्रपति निर्वाचनमा कसलाई भोट हाल्ने भनेर आज बिहान बस्ने बैठकले निर्णय गर्ने रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले बताए । प्रतिनिधि सभामा रास्वपाका १९ जना सांसद रहेका छन् ।

आज बिहान १० बजेदेखि ३ बजेसम्म राष्ट्रपति पदको निर्वाचन हुँदैछ । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा पौडेलको पक्षमा खुलेका छन् ।

नेम्वाङको पक्षमा भने हालसम्म उनको पार्टी नेकपा एमालेमात्र छ । राप्रपाले तटस्थ बस्ने निर्णय बुधबारै गरिसकेको छ भने यो समाचार तयार पार्दासम्म रास्वपासहित नेमकिपा, हाम्रो नेपाली पार्टी र स्वतन्त्र सांसदहरु अनिणिर्त छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *