काठमाडौं, फागुन २३ गते । आज नेपाली सुनचाँदी बजारमा छापावाला सुन प्रतितोला ३ सय रूपैयाँले घटेको छ। आज छापावाला सुनको मुल्य प्रतितोला एक लाख दुई हजार पाँच सय रूपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले घटेको छ। आइतबार एक हजार दुई सय ७५ रूपैयाँले कारोबार भएको चाँदी आज प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।














