काठमाडौं,फागुन २१ गते । स्वार्थका लागि कसैको जीवन जान नहुने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।आज काठमाडौंमा सुखानी बलिदानको स्मृतिमा आयोजित कार्यक्रममा उनले विभिन्न कारण विगतमा हत्या भएको सम्झँदै अब त्यस्तो हुन नहुनेमा जोड दिएका छन् ।
अध्यक्ष ओलीले राजनीतिलाई छलछालम र षड्यन्त्रको खेलो बनाउन नहुने उल्लेख गरेका छन् । नेपालमा शान्ति छाओस् । अरू कसैको स्वार्थका लागि अर्काको जिन्दगी जाने नहोस् । न्यायका लागि होइन, आफ्नो स्वार्थको लागि कसैको जिन्दगी जाने नहोस्,” उनले भने, “राजनीतिलाई छलछाम र षड्यन्त्रको खेलो नबनाइयोस् । राजनीतिलाई समाज रूपान्तरणको आदर्श बनाइयोस् ।”
त्यस्तै ओलीले माओवादी जनयुद्धले नेपालमा गणतन्त्र स्थापना नभएको दाबी गरेका छन् ।२०६३ सालको शुरुमै माओवादी हिंसाको अन्त्य भए पनि २०६५ सालमा मात्र गणतन्त्र स्थापना भएको उनले बताए । सुखानी घटनाको ५० औं स्मृति दिवसमा आइतबार एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राजनीतिक स्वार्थका लागि भएको आन्दोलनमा १७ हजारको मृत्यु भएको बताएका हुन् ।












