काठमाडौं,फागुन २१ गते । बहालवाला प्रधानमन्त्रीलाई द्वन्द्वकालिन मुद्दा ब्युँताएर जिस्क्याउन खोजिएको नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व माओवादी नेता डा.बाबुराम भट्टराईले बताएका छन् । माओवादी जनयुद्धका क्रममा ५ हजार मानिस मारिएको जिम्मा आफूले लिने भन्दै अभिव्यक्ति दिएका पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई आधार बनाएर उनीमाथि मानव हत्याको मुद्दा सर्वोच्चामा दर्ता गर्न मिल्ने फैसला अदालतले गरेपछि डा.भट्टराईले यस्तो बताएका हुन् ।
‘द्वन्द्वकालिन राजनीतिक मुद्दा व्युँताएर बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउन खोजियो,’ उनले भने, ‘यो माओवादीलाई जिस्क्याउने काम भएको छ । अब पूर्व माओवादी मिल्नुको विकल्प छैन । मैले त मन बनाइसकेको छु । साथीहरुलाई पनि भनेको छ । एउटा मोर्चा बनाएर अघि बढौँ ।’
आफूहरु परिवर्तनको लडाइँका अभियान्ता भएको भन्दै उनले अहिले माओवादीमा भँगाला फुटेको बताएका छन् । भँगालाहरु अन्त्यमा मिल्ने भएकोले अब माओवादीका इमानदार भएर मिल्नुको विकल्प नभएको उनले बताए ।












