काठमाडौं,फागुन २१ गते । आज माओवादी आन्दोलनका का नेताहरु एउटै कार्यक्रममा सहभागी हुँदैछन् ।शहीद तथा बेपत्ता योद्धा सन्तती फाण्डेसनले दिउँसो १२ बजे आयोजना गर्न लागेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयको अन्तक्रिर्या कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु सहभागी हुने छन् ।
नेसपा अध्यक्ष बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेकपा माओवादी बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायत नेताहरुको उक्त कार्यक्रममा सहभागी रहने छ ।












