• Home
  • समाचार
  • अन्यायमा परेका अपाङ्गता भएका महिलालाई कानुनी उपचार पाउन समस्या
Image

अन्यायमा परेका अपाङ्गता भएका महिलालाई कानुनी उपचार पाउन समस्या

काठमाडौं, फागुन २० गते । अपाङ्गता भएका महिलाहरू अन्यायमा पर्दा उनीहरूलाई कानुनी उपचार लिनका लागि अत्यन्तै समस्या रहेको अपाङ्गता भएका महिलाहरूले गुनासो गरेका छन् ।न्यायलयका भौतिक संरचनाहरू अपाङ्गतामैत्री नहुँदा र अदालती प्रक्रिया एकदमै जटिल हुनुको साथै व्यवहारिक रूपमा अपाङ्गता भएका महिलाहरूलाई उनीहरूको अवस्थाको आधारमा प्राथमिकता दिने नगरी वेवास्ता गरिदिने र उनीहरूले न्याय पाउनु भन्दा पनि मुद्धा मिलाउने तिर धेरै दवाव दिने जस्ता कारणले गर्दा अपाङ्गता भएका महिलाहरू अन्यायमा पर्ने गरेको उनीहरूले बताएका छन् ।

काठमाडौं जिल्ला अदालत बार एसोसिएसन, महिला समिति, अपाङ्गता भएका महिलाहरूको महासंघ–नेपाल, राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपाल नेत्रहिन संघ र श्रवण–दृष्टिविहीन अभिभावक संघको संयुक्त आयोजनामा आसन्न ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर “अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँच र कानुन कार्यान्वयनमा चुनौती” विषयक राजधानिमा आयोजित “परामर्श तथा वकालत कार्यक्रम” मा सो कुरा बताएका हुन् ।

अपाङ्गता अधिकार वकालत कोष तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा सञ्चालित सो कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधीहरू, अपाङ्गता भएका महिलाहरू, महिला कानुनी व्यावसायीहरू र विज्ञहरूको सहभागिता रहेको थियो ।

राष्ट्रिय महिला आयोगका माननिय सदस्य विद्या सिंहको प्रमुख आतिथ्य तथा काठमाडौं जिल्ला अदालत बार एसोसिएसन, महिला समितिका अध्यक्ष अञ्जु रेग्मी अर्यालको अध्यक्षतामा कार्यक्रम भएको हो ।कार्यक्रममा अपाङ्गता भएका महिलाहरूले झेलिरहेको कानुनी समस्या तथा अपाङ्गताका बारेमा अपाङ्गता भएका महिलाहरूको महासंघ–नेपालका अध्यक्ष निर्मला धितालले जानकारीमूलक पेपर प्रस्तुत गरेकी थिईन ।

अपाङ्गता भएका महिलाहरूको महासंघ–नेपालका महासचिव रमा ढकालले सहजिकरण गर्नुभएको सो कार्यक्रममा सहभागीहरू तथा वत्ताहरूले अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँच पु¥याउनका लागि आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै व्यक्तिगत तथा संस्थागत रूपमा आवश्यक परेमा निःशुल्क रूपमा सेवा प्रदान गर्ने बताएका छन् ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *