• Home
  • समाचार
  • यसरी बजारका तरकारी लाई बिषादीरहित बनाएर खानुहोस्
Image

यसरी बजारका तरकारी लाई बिषादीरहित बनाएर खानुहोस्


काठमाडौं, फागुन १८ गते । स्वास्थ्यका लागि मौसमी सागसब्जी खानुपर्छ भनिन्छ । तर, बजारमा उपलब्ध सागसब्जीको गुणस्तर एवं शुद्धतामाथि उपभोक्ता ढुक्क छैनन् । किनभने बजारबाट हाम्रो भान्सासम्म आइपुग्ने सागसब्जी पूर्णत जैविक उत्पादनन् होइनन् । सागसब्जी रोप्ने, उमार्ने, भण्डारण गर्ने क्रममा रासयनिक मल, किरा मार्न किटनासक औषधि प्रयोग गरिन्छ ।

यसरी विषाक्त बनेर भित्रिने सागसब्जीबाट कसरी उन्मुक्ति पाउने रु यसको सार्वोत्तम विकल्प भनेको जैविक विधीबाट उत्पादन गरिने सागसब्जी, फलफूल खरिद गर्नु हो । तर, अहिल जैविक विधीबाट उत्पादित फलफूल, सागसब्जी, अन्न हामीले सहजै प्राप्त गर्न सक्दैनौं ।अर्कोतिर हामी आफ्नै खेतीबाली नहुन सक्छ ।अर्थात हामी बजारमा नै निर्भर हुनुपर्ने वाध्यता छ ।

यस्तो अवस्थामा हामीले केही खानेकुरालाई भान्सामा नै शुद्धिकरण गर्न सकिन्छ । भलै यो विधीबाट पूर्णत जैविक खानेकुरा प्राप्त गर्न नसकिए पनि विषाक्त तत्व हटाउन सकिन्छ ।बजारबाट खरिद गरेर ल्याएपछि फलफूल तथा सागसब्जीलाई एउटै भाडोमा राखेर पर्याप्त मात्रामा पानी हाल्नु पर्छ । अब यसमा भिनेगर हालेर करिब १५ मिनेट छोड्नु पर्छ ।

त्यसपछि, उक्त भाडोबाट फलफूल तथा सागसब्जी हटाएर राम्ररी धुनु पर्छ । यो विधि अपनाएमा फलफूल तथा सागसब्जीबाट ९८ प्रतिशत सम्म किटनाशक औषधिलाई हटाउन सकिन्छ । त्यसैले, फलफूल तथा सागसब्जीमा प्रयोग गरिएको किटानशक औषधी हटाउने यो सरल उपाय मानिन्छ ।

हामी सोच्छौं, राम्ररी खाएमा हाम्रो शरीरलाई आवश्यक तत्व प्राप्त हुन्छ । त्यसैले फलफूल तथा सागसब्जीको सेवन गर्छौ । जबकी यस्ता खानेकुरामा अत्याधिक मात्रामा किटनासक विषादीको प्रयोग गरिएको हुन्छ । यस्ता किटनाशक विषादी विशेषगरी बाटबिरुवामा लागेको किरा मार्न प्रयोग हुने गर्दछ ।यस्ता किटानशक औषधी साधारण पानीले धोएर जाँदैन ।

त्यसैले, अत्याधिक मात्रामा किटानशक औषधी प्रयोग गरिएको फलको सेवनले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । अहिले मिर्गौलाको समस्यादेखि क्यान्सरसम्म जटिलता यस्तै खानपानले निम्त्याएको हो ।किटानशक विषादीका सेवनले स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउन सक्छ । विभिन्न अध्ययनले जनाए अनुसार आहारमा किटनाशकको अत्याधिक प्रयोगले क्यान्सर, मिर्गौला तथा फोक्सो सम्बन्धि समस्या निम्तने गर्छ ।

बच्चामा विभिन्न किसिमका संक्रमण निम्त्याउने गर्छ । यसको सम्पर्कमा रहनाले बाल्यकालमै क्यान्सर, अटिज्म, एकाग्रता नहुने, सक्रियताको कमी जस्ता समस्या हुने गर्छ ।गर्भवतीले किटनाशक युक्त फलफूल खाएमा यसले भ्रुणलाई समेत प्रभावित पार्छ । जसका कारण जन्मसम्बन्धि जटिलता हुन सक्छ ।

त्यसबाहेक, यसको सेवनले वाकवाकी लाग्ने,पखाला लाग्ने, पेट बौडिने, चक्कर आउने, तनाव, फूड प्वाइजनिङ्ग हुनसक्छ ।किटनाशक एक किसिमको रसायन पदार्थ हो । यसको प्रयोग बोट विरुवामा लागेको किरा मार्न गरिन्छ ।खेती किसानीमा अहिले किटनासको प्रयोग अनिवार्य जस्तै हुँदै आएको छ । आलु, गोलभेडा, सागसब्जी, खुर्सानी सबै अन्नबालीमा किटनासक प्रयोग गरिदै आएको छ ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *