काठमाडौं, फगुन १७ गते । आज एमाले प्रदेश १ संसदीय दलले प्रदेशको नाम कोसी राख्न प्रस्ताव पेस गरेको छ। एमाले सांसद रामबहादुर मगर प्रस्तावक, भूमिप्रसाद राजवंशी र निरन राई समर्थक बसेर कोसी प्रदेश नाम राख्न प्रस्ताव दर्ता गरेका हुन् ।
एमालेले सबैभन्दा अगाडि प्रदेश नामकरणका लागि प्रस्ताव पेस गरेको हो । नामकरणका लागि प्रस्ताव दर्ता गराउन प्रदेश १ सचिवालयले दलहरूलाई आह्वान गरेको छ ।












