Trending

काफलडाँडा स्थित तीनधारा झरनाले स्थानीय बासिको मुहारमा ल्याएको खुशी

1.0kViews
0 Shares


काठमाडौं, फगुन १४ गते ।  पहिला घरायसी सामान किन्नको लागिसमेत तल बेँसीको पलह झर्नुपर्ने चण्डी र काफलडाँडाका स्थानीय बासिन्दाहरुले अहिले झरनाका कारण यहाँसम्म आउने आन्तरिक पर्यटककहरको वृद्धि भएसँगै बाटो छेउछाउमा व्यवसाका लागि पसल राख्न संरचनाहरु निर्माण गर्ने काम थालेका छन् ।बाटो छेउमा जग्गा हुनेले आफ्नै र कसैले भाडामा समेत ठाउँको व्यवस्थापन गरेर सानोतिनो पलस राख्न संरचना निर्माण गर्नेदेखि नाङ्लो पसल समेत राखेर आम्दानी गर्नेहरु बढ्न थालेका छन् । काफलडाँडाका स्थानिय बासिले झरना हेर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएपछि करिब एक हप्तादेखि बाटो छेउमा पसल राख्न शुरु गरेको बताएका छन् ।

पर्यटकको आगमन बढ्दै गएपछि अलिअलि भए पनि हुन्छ कि भनेर व्यापार गर्न थालेको र दैनिक गुजारा गर्न पुग्ने व्यापार भएको छ । गाउँलेले त्यसरी नै यहाँ फलेका फलफूलका साथै अरु पनि केही स्थानीय उत्पादनहरु राखेर सानो पसलबाट व्यवसाय शुरु गरेका छन् ।सोही डाँडामा मःमः तथा खाजा पसल शुरु गर्नुभएका मनोज बराईलीले अचेल दैनिक चारदेखि पाँच हजारसम्म आम्दानी भएको बताउनुभयो । रोशी गाउँपालिका वडा नं १ नारायणटार घर भई धुलिखेलमा स्नातक तहमा अध्ययन गर्दै आउनुभएका उहाँ कोरोना भाइरसको महामारीले बन्दाबन्दी भएपछि गाउँमा आएर बस्नुभयो ।

घरमा लामो समयसम्म बसेपछि केही व्यापार व्यवसायको खोजीमा रहेहा उहाँले पर्यटकको आवागमन बढ्न थालेपछि सोही स्थानमा मम पसल शुरु गरेको बताउनुभयो । उहाँले स्थानीय वीरबहादुर मगरको घर भाडामा लिएर सो पसल शुरु गर्नुभएको हो । तीन जना मिलेर पसल शुरु गरेको र अहिले दैनिक राम्रै आम्दानी भएको बराईलीले जानकारी दिनुभयो । उहाँ मात्रै होइन झरनामा आउने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यहाँका स्थानीयवासीले दर्जनौँ ठाउँमा पसल राख्न शुरु गरेका छन् ।जसका कारण यहाँको व्यावसायिक कार्यको शुरुआत त भएकै छ यहाँ दैनिक जीवनमा समेत परिवर्तन आउन थालेको र यहाँका युवाहरु काममा व्यस्त हुन थालेको स्थानीयवासी बताउँछन् ।

उनीहरुले स्थानीय सरकारले समेत पर्यटन प्रवद्र्धनको क्षेत्रमा विकास गर्ने थप योजना अघि सार्नुपर्ने बताउँछन् । अहिले स्थानीय सरकारले फलामेसाँघु, नारायणटार, चण्डीबेँसी, चण्डीडाँडा र काफलडाँडाजस्ता पर्यटकीयस्थललाई लक्ष्य गरेर विभिन्न योजना ल्याउनुपर्ने उनीहरुको माग छ । यी स्थानहरुले विस्तारै मुहार फेर्दै जानेमा विस्वस्त रहेका स्थानीयवासीले तर विकासका कार्यक्रम बिना यो सम्भव नभएको भन्दै यसका लागि प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण गराउने बताउँछन् ।

काफलडाँडाका स्थानीयवासी वीरबहादुर मगर भन्नुहुन्छ, “पहिला निकै विकटका कारण जीवन गुजाराको लागि समेत कठिन अवस्था व्यहोर्नुपर्ने अवस्था थियो तर अब भने यहाँका आकर्षक पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक आउन थालेपछि यो ठाउँको पनि विकास हुन्छ कि भन्ने आशा पलाएको छ ।” उहाँको सुझाव छ “तर त्यसै या आफैँ त कहीँको पनि विकास हँुदैन, स्थानीय नागरिक लाग्नुपर्छ र त्यसमा स्थानीय सरकारको पनि साथ र योजना चाहिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय