काठमाडौं, फागुन १३ गते । सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउँने नेकपा ( एमाले) को सचिवालय बैठकले निर्णय गरेको छ ।एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिएका छन्।
एमालेको उम्मेदवारले चुनाव जित्ने पनि उनको दाबी छ ।मुलुककोे सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।












