• Home
  • राजनीति
  • माओवादी केन्द्र कांग्रेससँगै मिल्न गएपछि सरकार छोड्ने तयारीमा एमाले
Image

माओवादी केन्द्र कांग्रेससँगै मिल्न गएपछि सरकार छोड्ने तयारीमा एमाले


काठमाडौं, फागुन १३ गते । आफ्नोतर्फबाट राष्ट्रपति उम्मेदवार छान्न एमाले शीर्ष नेताहरू छलफलमा जुटेका छन् । मुलुकको सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । अध्यक्ष केपी ओलीको निवास बालकोटमा सचिवालयमा रहेका नेताहरूले छलफल थालेका हुन् । यसअघि बैठक पार्टी कार्यालय च्यासलमा बस्ने भनिए पनि बालकोटमै सुरु भएको हो ।

प्रधानमन्त्री लिएर राष्ट्रपति दिने सहमति गरेको माओवादी केन्द्र कांग्रेससँगै मिल्न गएपछि एमाले सरकार छोड्ने तयारीमा छ । सँगै कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल नभएका दलसँग मिलेर राष्ट्रपति उम्मेदवार अघि सार्ने योजना एमालेको छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *