• Home
  • राजनीति
  • आज प्रधानमन्त्री दाहाल र कांग्रेस नेता निधिबीच भेटवार्ता
Image

आज प्रधानमन्त्री दाहाल र कांग्रेस नेता निधिबीच भेटवार्ता


काठमाडौं, फागुन ६ गते । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न कांग्रेस नेता निधि बालुवाटार पुगेका हुन् ।राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै कांग्रेसका शीर्ष नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटलाई तीब्र बनाएका छन्।

उनीहरुबीच राष्ट्रपति निर्वाचनको विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। निधिले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्न प्रधानमन्त्री प्रचण्डलाई प्रस्ताव गरेको कांग्रेसका एक नेताले जानकारी दिए। एमालेलाई राष्ट्रपति दिँदा सबै शक्ति उसको हातमा पर्ने भएकाले बनाउन नहुने बताउँदै उनले कांग्रेसलाई सघाउन आग्रह गरेको बताइएको छ। प्रचण्डले राष्ट्रपतिको अडानबाट ओली पछाडि नहटेकाले एमालेसँग छलफल गर्न आग्रह गरेका छन्।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *