काठमाडौं, फागुन ४ गते । ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको उपचारमा कमि हुन नदिन नेकपा (एमाले)का अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यानाकर्षण गराएका छन्।
गए राति निवास बुद्धनगरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा सांसद चन्द्र र उनकी आमा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा कीर्तिपुर अस्पतालमा सांसद भण्डारीकी आमाको आज बिहान निधन भएको थियो।












