• Home
  • समाचार
  • पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः पश्चिमतर्फबाट जहाज अवतरण गर्न नदिन सिफारिस
Image

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः पश्चिमतर्फबाट जहाज अवतरण गर्न नदिन सिफारिस

काठमाडौं, फागुन ४ गते । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमतर्फको धावनमार्ग ‘वान टू’ मा जहाज अवतरणको अनुमति दिनुअघि भिजुअल अप्रोचबारे विस्तृत अध्ययन गर्न दुर्घटना जाँच आयोगले सरकारलाई सिफारिस गरेको छ ।

प्रतिवेदनअनुसार पोखरा विमानस्थलको पश्चिमतर्फको धावनमार्ग ‘वान टू’ बाट भीएफआर (आँखाले हेरेर हुने ) उडान तथा अवतरणको अनुमति दिनुअघि विस्तृत अध्ययन गरेर मात्रै अनुमति दिन आवश्यक रहेको देखिएको छ । आयोगको यो सिफारिससँगै तत्काललाई पश्चिमतर्फको धावनमार्ग ‘वान टू’ बाट जहाज अवतरण गर्न नपाइने भएको छ ।

गएको माघ १ गते पोखरा विमानस्थलमा अवतरणका क्रममा यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना हुँदा चालक दलका सदस्यसहित ७२ जनाको ज्यान गएको थियो । दुर्घटनापछि छानबिन गर्न पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे नेतृत्वमा पाँच सदस्यीय जाँच आयोग गठन गरिएको थियो ।आयोगले हिजो छानबिनपछिको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *