काठमाडौं, फागुन २ गते । भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा र राप्रपा अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता भएको छ ।
नेपाल भ्रमणमा रहेका क्वात्रा र लिङ्देनबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको हो ।नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन आएका भारतीय बिदेश सचिव बिनय मोहन क्वात्राले आज पनि भेटघाटलाई जारी राख्ने भएका छन्।














