काठमाडौं, फागुन २ गते । सरकारले यातायात मजदुर र व्यवसायीसँग वार्ता गरिरहेको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारले यातायात मजदुर र व्यवसायीबीच वार्ता जारी छ । त्यस्तै सोमबार भएको घटनाको सबै जिम्मेवारी ल्होत्से बहुउद्देश्यीय प्रालिले लिनुपर्ने सरकारसँग वार्तामा सहभागी यातायात व्यवसायीका नेताहरुले माग गरेका छन् । ल्होत्से बहुउद्देश्यीय प्रालि गोंगबुस्थित नयाँ बसपार्क निर्माण, सञ्चालन र व्यवस्थापनमा संलग्न कम्पनी हो ।
यातायात व्यवसायीका नेताहरुले आन्दोलनपछि कोणसभाका लागि गएका आफ्ना मजदुरहरुलाई ल्होत्सेकै कर्मचारीहरुले भड्काएपछि आगजनी र तोडफोडको घटना भएको दाबी गरेका छन् । बालाजु क्षेत्रमा भएको लुटपाटमासमेत ल्होत्सेबाटै परिचालित व्यक्तिहरुको संलग्नता रहेको उन्ीहरुको आरोप छ ।












